विश्वप्रकाशकाे प्रश्न- तीन तहकाे सरकारले दुई छाककाे फाेहाेर हटाउन किन सक्दैन ? (भिडिओसहित)

काठमाडाैँ । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले फाेहाेर व्यवस्थापनमा काठमाडाैँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई सबैले सहयाेग गर्नुपर्ने बताएका छन् । ‘फाेहाेर व्यवस्थापनमा सबै राजनीतिक दलले साझा ढङ्ग साेच्नुपर्छ,’ उनले भनेका छन् । त्यसअघि उनले प्रश्न गरेका छन्, ‘तीन/तीन तहकाे सरकार छन् । अनि दुई छाक भान्छाबाट निस्केकाे फाेहाेर व्यवस्थापन गर्न केले राक्याे ?’

यस्तै उनले बञ्चरेडाँडावासीकाे मागकाे सम्बाेधनसमेत गर्न माग गरेका छन् । बञ्चरेडाँडावासीहरूकाे सामान्य माग भएकाे उल्लेख गर्दै उनले थपेका छन्, ‘अनि हामी यत्राे राजनीतिक दलहरूले सम्बाेधन गरिदिनु नपर्ने ? राज्यले सुन्नुपर्दैन ? उनीहरूले हाम्राे छाेराछाेरीकाे भविष्य फाेहाेरकाे दुर्गन्धले नबिग्रियाेस् भनेका छन् । याे ठीक हाेइन र ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =