थप ६ सय २३ जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा थप ६ सय २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ६ सय २१ पिसिआर परीक्षणका क्रममा २ सय ४६ जना र ३ हजार ३ सय २४ एन्टीजेन परीक्षणका क्रममा ३ सय ७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण शुक्रवार कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ४ सय ८७ सङ्क्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ७७ हजार ८ सय ४५ जना निको भएका छन् ।

हाल नेपालमा ५ हजार २४ सक्रिय सङ्क्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =