कांग्रेस नेता प्रदीप गिरि भेन्टिलेटरमा

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप गिरिलाई भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको छ। उनी घाँटीको क्यान्सरसम्‍बन्धी समस्याबाट पीडित छन्।

अस्पतालका एक चिकित्सकले भने ,’ क्यान्सरको अन्तिम चरणमा हुनुहुन्छ। उहाँको अवस्था ‘क्रिटिकल’ छ।’ चिकित्सकका अनुसार गिरीलाई परिवारका सदस्यबाहेक अन्यलाई भेट्न दिइएको छैन। गिरीका सहयोगी मन्दिप भारतीले भने, ‘उहाँलाई आईसीयूमा राखेको तीन दिन भयो। अहिले भेन्टिलेटरमा राखिएको छ। ’

पछिल्लो केही दिनयता गिरीलाई निमोनियाले समेत च्यापेको छ। अस्वस्थ भएर ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत गिरीलाई शुक्रबार भेन्टिलेटरमा सारिएको हो।

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 12 =