गण्डकीमा सुरु भयो नवौँ खेलकुदको प्रशिक्षण र छनाैट

पोखरा । गण्डकी प्रदेशमा हुने नवौँ खेलकुदका लागि प्रदेश स्तरीय खेलाडी छनाैट सुरु भएको छ । गण्डकी प्रदेशमा १४ वटा खेलका खेलाडी छनाैट र प्रशिक्षण सुरु भएको हो ।

गण्डकी प्रदेश खेलकुद परिषद्ले खेलाडी छनाैट गरेको हो । पहिलो चरणमा भदौ ३ गतेबाट १४ वटा खेलहरूको विशेष प्रशिक्षणसहित खेलाडी छनाैट प्रतियोगिता हुने परिषद्ले जनाएको छ । प्रतियोगिताहरू कास्कीसहित, नवलपुर, स्याङ्जा र बागलुङमा सञ्चालन हुनेछन् ।

सफ्ट टेनिस, टेनिस, खो–खो, हक्की, फेन्सिङ, स्क्वास, स्विमिङ, ट्राइयाथलन, साइक्लिङ, महिला ह्यान्डबल, महिला बास्केटबल, महिला फुटबल, महिला क्रिकेट, प्याराग्लाइडिङ, गल्फ, कुस्ती, सुटिङ र आर्चरी लगायत खेलको प्रशिक्षण सुरु भएको हो । यही प्रशिक्षणबाट खेलाडी छनाैट गरिने परिषद्का सदस्य सचिव तेज गुरुङले जानकारी दिए ।

विशेष प्रशिक्षण र जिल्ला छनाैट गरेपछि भदौ १५ देखि अन्तिम छनाैटका लागि प्रतिस्पर्धा हुनेछ । नवौँ राष्ट्रिय खेलकुदमा ३६ प्रतिस्पर्धा र २ प्रदर्शनी सहित ३८ वटा खेल हुने छ । सबै खेलमा करिब ८ हजार खेलाडीले सहभागिता जनाउने अनुमान छ । त्यसका लागि गण्डकीबाट मात्रै ७ सय भन्दा बढीको सहभागिता रहने छ ।

खेलाडीका लागि आवश्यक सामग्री गण्डकीका अर्थमन्त्री रामजी बरालले परिषद्लाई हस्तान्तरण गरेका छन् । उनले प्रतियोगिता सम्पन्न गर्न आर्थिक अभाव नहुने बताए । खेलाडी छनाैटको लागि प्रतियोगिता सुरु भए पनि खेलका आवश्यक प्रशिक्षक पर्याप्त नभएको खेलाडीहरूको गुनासो छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *