युवा संघ नेपाल उपत्यका विशेष कमिटीले तीज विशेष कार्यक्रम गर्ने

काठमाडौँ । नेकपा एकिकृत समाजवादी निकट युवा संघ नेपाल उपत्यका विशेष जिल्ला कमिटीले भदौ ४ गते तीज विशेष साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । साथै कार्यक्रममा पार्टीका संगठित सदस्यहरुले सपथ खाने कार्यक्रम पनि रहेको बताइएको छ ।
हिन्दु नारीहरूको महान् चाड तीज पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरीएको कमिटीका अध्यक्ष तथा युवा संघ नेपालका सचिव शुशिल भट्टराईले जानकारी दिए ।
पुर्व प्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधव कुमार नेपालको प्रमुख आतिथ्य रहने कार्यक्रममा देशका ख्यातिप्राप्त कलाकार हरुको प्रस्तुती रहने छ ।
कार्यक्रममा पशुपति शर्मा, समिक्षा अधिकारी, जमुना सनम, विना विश्वकर्मा, नविन पौड्याल लगायत कलाकारले कार्यक्रममा विशेष प्रस्तुति दिने बताइएको छ ।
कार्यक्रममा नेकपा एसका अध्यक्ष माधब कुमार नेपाल सहित विभिन्न पदाधिकारी, युवा संघ नेपालका अध्यक्ष नरेश शाही, महासचिव दिपक जि एम, उपमहासचिव सञ्जिप राई, कोषाध्यक्ष दिपक दुवाडी लगायतका पदाधिकारीको पनि उपस्थिति रहने छ ।








