एमालेका कारण प्रदेसको नामकरण गर्ने अवसर गुम्दै गयो : सामाजिक विकासमन्त्री राई

बिर्तामोड । प्रदेस न १ का सामाजिक विकास मन्त्री राजन राईले नेकपा एमालेका कारण प्रदेसको नामकरण गर्ने अवसर गुम्दै गएको बताएका छन् । उनले एमालेले पहिचानको मुद्दामा ढुल्मुले चरित्र प्रकट गरेको र प्रदेसको नामाकरण गर्न तत्परता नदेखाएको बताए ।
नेकपा एकीकृत समाजवादी पार्टी निकट नेपाल किराँत राई संघ र नेपाल लिम्बू संघको केन्द्रीय भेलालाई सम्बोधन गर्दै उनले आदिवासी जनजातिले पूर्वमा धेरै रगत बगाएको र क्रान्तिको नेतृत्व गरेकोले अब समाजवाद प्राप्त गर्न लाग्नुपर्ने बताए ।
उनले केपी ओलीले सम्सद बिगठनदेखि पार्टी फुटाउने खेल खेलेका कारण पार्टीवाट बिद्रोह गर्नु परेको उल्लेख गरे । ओलीले कम्युनिस्ट पार्टी सक्ने खेल खेलेको उल्लेख गर्दै उनले भने, ‘ओलीले विवेक नगुमाएको भए यो दिन आउने थिएन ।’
केन्द्रीय भेलाले नेपाल किराँत राई संघ र नेपाल लिम्बु संघको केन्द्रीय समिति घोषणा गरिएको थियो । भेलाले किराँत राई संघको अध्यक्षमा केसर चाम्लिङ राई र लिम्बू संघको केन्द्रीय अध्यक्षमा काजीमान पङ्धाकलाई चयन गरेको छ ।
सो भेलालाई पार्टी केन्द्रीय सदस्य शारदा शर्मा घिमिरे, जनजाति महासङका महासचिव चन्द्र तामाङ, पार्टी तेह्रथुम जिल्ला कमिटी अध्यक्ष कृष्ण चोङ्वाङ, जनजाति महासघका उप महासचिव बज्रकुमार राई, पार्टी झापा जिल्ला अध्यक्ष वेदराज रेग्मीले मन्तब्य राखेका थिए ।








