सोलुखुम्बु आउँदै प्रचण्ड !

साेलुखुम्बु । पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउँदो असोज ३ गते हिमाली जिल्ला सोलुखुम्बु आउने भएका छन् । जिल्लाकाे थुलुङ दुधकोशी गाउँपालिकाद्धारा नवनिर्मित ५० शैय्याको दुधकोशी सामुदायिक अस्पताल, गाउँपालिकाको प्रशासनिक पक्की भवन र थुलुङ दुधकोशी बहुप्राविधिक शिक्षालय भवन एकसाथ उद्घाटन गर्नेगरी उनी साेलुखुम्बु आउन लागेकाे माओवादी केन्द्र, साेलुखुम्बु जिल्ला समन्वय समितिका संयाेजकसमेत रहेका गाउँपालिकाका अध्यक्ष असिम राईले जानकारी दिए ।

प्रचण्डसँगै अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’, प्रदेश नं. १ का आर्थिक मामिला तथा याेजनामन्त्री अर्थमन्त्री इन्द्र आङ्बो ‘मौसम’, प्रतिनिधि सभा सदस्य हेमकुमार राई ‘सुरवीर’ लगायतका नेताहरू पनि साेलुखुम्बु आउनेछन् ।

गाउँपालिकाले आफ्नै पहलमा ५० शैय्याको दुधकोशी सामुदायिक अस्पताल निर्माण कार्य सम्पन्न गरेको छ । त्यस्तै गाउँपालिकाको सुविधासम्पन्न पक्की भवन र बहुप्राविधिक शिक्षालयको भवन पनि गाउँपालिकाले छोटो समयमै निर्माण गरेको हाे । अध्यक्ष राईकाे अगुवाइमा सम्पन्न भएकाे भवनबाट चाँडै सेवा सुचारु गरिने पनि बताइएकाे छ ।

दीर्घकालीन महत्त्वका भौतिक संरचना निर्माण कार्य सम्पन्न गरी एकैपटक उद्घाटन गर्नेगरी तय गरिएको उक्त कार्यक्रम गाउँपालिकाको लागि मात्रै नभएर सिंगो जिल्लाकै लागि निक्कै महत्त्वकाे रूपमा हेरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + nine =