कृषिमन्त्रीको राजीनामा माग गर्दै बंगलादेशमा प्रदर्शन

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्री मृगेन्द्र कुमार सिंहको राजीनामा माग्दै बङ्गलादेशमा प्रदर्शन भएको छ ।

बङ्गलादेशमा अध्ययनरत नेपाली भेटेरिनरी विद्यार्थीहरूको समूहले प्रतिनिधिसभाबाट पारित ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को विरोध गर्दै कृषि मन्त्री सिंहको राजीनामा मागेका हुन् ।

३५ दिन तालिम लिएका ग्रामीण पशु सेवा कार्यकर्ता र पशु चिकित्सकलाई पारित विधेयकले एउटै हैसियत प्रदान गरेको उनीहरूको भनाई रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *