‘प्रेमगीत ३’ काे दाेस्राे नेपाली र हिन्दी टिजर सार्वजनिक (भिडिओसहित)

काठमाडाैँ । नेपाल र भारतमा प्रदर्शन हुन लागेकाे नेपाली चलचित्र ‘प्रेमगीत ३’ को दोस्रो टिजर नेपाली र हिन्दी संस्करणमा सार्वजनिक भएकाे छ ।

कृष्ण जन्माष्टमीको अवसर पारेर ओएसआर डिजिटलबाट शुक्रवार टिजर सार्वजनिक गरिएकाे हाे ।

सन्तोष सेनको निर्माण तथा निर्देशन रहेको फिल्म पहिलोपटक नेपाली र हिन्दी संस्करणमा प्रदर्शन हुन लागेको हो ।

एक साताअघि फिल्मको पहिलो हिन्दी र नेपाली संस्करणको टिजर सार्वजनिक गरिएको थियो । पहिलो टिजरमा प्रेम र राजगद्दीमध्ये एक रोज्नु पर्ने बाध्यता देखाइएको थियो भने दोस्रो टिजरमा प्रेमलाई जनताको रक्षकको रुपमा प्रस्तुत गरिएको छ ।

टिजरकाे नेपाली संस्करणः

भारतमा फिल्मलाई जी-म्युजिक, यूएफओ र मधु इन्टरटेनमेन्टले प्रदर्शन गर्न लागेको हो ।

प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्ममा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ ।

फिल्म निर्देशनमा सेनले स्वर्गीय छेतेन गुरुङसँग सहकार्य गरेका छन्। फिल्मको कथा पनि निर्देशक गुरुङले नै तयार पारेका हुन् ।

टिजरकाे हिन्दी संस्करणः

फिल्म असाेज ७ बाट प्रदर्शित हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *