कुरिनटारमा ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु

२०७९ भदौ ३ गते

फाइल फाेटाे
काठमाडौँ । चितवनको ईच्छाकामना गाउँपालिका ४ कुरिनटारमा ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा परी मोटरसाइकल चालक र पछाडि सवार दुवै जनाको मृत्यु भएको हो ।
काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ५९१३ नम्बरको ट्रकमा सोही दिशाबाट आउँदै गरेको बा ८८ प ५३०१ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका-६ का २५ वर्षीय सरोज रोकाया र पछाडि सवार काठमाडौँका ३२ वर्षीय सरोज माझीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भएका उनीहरुको उपचार क्रममा नयाँ मेडिकल कलेजमा मृत्यु भएको हो । ट्रक र चालक इलाका प्रहरी कार्यालय मुग्लिनको नियन्त्रणमा छन् ।

२०७९ भदौ ३ गते
प्रतिक्रिया
सम्बन्धित