विदेशी नागरिकलाई भित्र्याएर नेपालको अस्तित्व समाप्त गर्ने कुरा स्वीकार्य हुँदैन् : भीम रावल

काठमाडौँ । नेकपा एमालेका सांसद डा. भीम रावलले नेपालमा विदेशी नागरिकलाई भित्र्याएर नेपालको अस्तित्व समाप्त गर्ने कुरा स्वीकार्य नहुने बताए ।

बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले बालुवाटारमा बसेर पाँच दलीय गठबन्धनले गरेको कुरा संविधानभन्दा माथि नहुने भन्दै संविधानअनुसार चल्न सरकारसँग आग्रह गरे । उनले नेपालको नागरिकता गैरकानुनी किसिमले पाएकाहरूको छानबिन गर्न र नपाउने नेपाली नागरिकलाई नागरिकता दिए ।

उनले भने , ‘नागरिकता नपाउने को हुन् ? कतिले पाएका छैनन् र कतिले नेपालको नागरिकता गैरकानुनी किसिमले पाएका छन्, त्यसको छानबिन गरौँ । कतिले पाएका छैनन् बल्ल थाहा हुन्छ । वास्तविक नागरिकले नागरिकता पाउने र विदेशीका लागि ढोका खुलै नछोड्ने कुरा नेपालको राष्ट्रिय हितमा छैन र नागरिकताजस्तो संवेदनशील विषयमा सांसदहरूले संशोधन हाल्दा र राष्ट्रपतिले पुनर्विचारका लागि पठाउँदा समितिमा छलफल गर्न पनि तयार नहुने कुरा यस्तै हो लोकतन्त्रको अभ्यास यही हो राष्ट्रियताप्रतिको संवेदनशीलता कसैले भन्न सक्छ सकिँदैन । बालुवाटारमा बस्ने पाँच दलको संयन्त्र कुन धारा अन्तर्गतको संयन्त्र हो त्यसले जे फैसला गर्छ त्यो संविधानभन्दा माथि हुन्छ । यदि त्यस्तो हो भने राजतन्त्र किन समाप्त गरेको पाँच दलीय अमिर छन् नि कतिपय देशमा त्यस्तै संयन्त्र बनाउने प्रणाली गरे हुँदैन यस्तो मिल्दैन । नेपालमा विदेशी नागरिकलाई भित्र्याएर नेपालको अस्तित्व समाप्त गर्ने कुरा स्वीकार्य हुँदैन ।’

सांसद रावलले नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी महिलाका लागि पाँचदेखि सात वर्षपछि नागरिकता पाउनेछन् भन्ने संविधानको मर्म गलत नहुने भन्दै गलत भन्ने तर्क जनसङ्ख्याको राजनीतिबाट नेपालको राजनीतिक अस्तित्वलाई धरापमा पार्ने मनसायबाट प्रेरित तर्क भएको दाबी गरे । उनले संविधान बनाउँदा गरेको सहमतिबाट पछि हटेर सत्ता गठबन्धनले संविधानविरोधी काम गरिरहेको आरोप लगाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − seven =