रवि लामिछाने कहाँबाट लड्दैछन् चुनाव ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले उम्मेदवारी दिने क्षेत्रबारे आफूले अध्ययन गरिरहेकाे दाबी गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका लागि उम्मेदवार आह्वान गर्दै उनले आफूलाई धेरैतिरबाट चुनाव लड्न आग्रह गरिएको भन्दै आफूले कहाँबाट लड्ने भनेर अध्ययन गरिरहेको बताए ।

‘एउटा उम्मेदवारले आफू कहाँबाट लड्दै छु भनेर अध्ययन गर्नुपर्छ, मैले त्यै अध्ययन गरिरहेको छु,’ उनले भने, ‘ममाथि सिंगो पार्टीको जिम्मेवारी पनि त छ नि ।’ उनले आफूले छिट्टै उम्मेदवारी घोषणा गर्ने पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 2 =