माओवादीले टुंग्यायाे पदाधिकारी
२०७९ भदौ २ गते

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पदाधिकारीको टुंग्याएकाे छ ।
केन्द्र स्राेतअनुसार बिहीबार बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीको प्रस्ताव गर्ने कार्यक्रम रहेकाे छ ।
पदाधिकारीहरूमा देव गुरुङ महासचिव हुने पक्का जस्तै छ । महासचिवका दावेदारद्वय वर्षमान पुन र जनार्दन शर्मासँगै गिरिराजमणि पोखरेल उमहासचिव बन्ने भएका छन् ।
उपाध्यक्षमा दिनानाथ शर्मा, कृष्णबहादुर महरा, गणेश साह, पम्फा भुसाल र हरिबोल गजुरेलको सम्भावना छ ।
२०७९ भदौ २ गते
प्रतिक्रिया
सम्बन्धित








