स्थानीय पूर्वाधार विकास विभागलाई सहरी विकास मन्त्रालयमा गाँभ्ने निर्णयविरुद्ध कर्मचारी आन्दोलित

काठमाडौँ । सरकारले खारेज गरेको स्थानीय पूर्वाधार विकास विभागलाई विना औचित्य नाम परिवर्तन गरी सहरी विकास मन्त्रालयमा गाभ्ने निर्णयको विरुद्धमा सहरी विकास मन्त्रालयका प्राविधिक कर्मचारीहरूले मन्त्रालयमा प्रदर्शन गरेका छन् ।

सङ्घीयता कार्यान्वयनको मर्म अनुसार खारेज भएको विभागलाई नाम परिवर्तन गरी मन्त्रालयमा गाभ्ने निर्णय मान्य नभएको भन्दै मन्त्रालयका इन्जिनियरिङ सेवा सिभिल समूह विल्डिङ्ग एन्ड आर्किटेक्ट उपसमूहका प्राविधिक कर्मचारीहरूले मन्त्रालयमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गर्न खोज्दा कहिबेर भनाभन भएको थियो । खारेज भएको विभागलाई मन्त्रालयमा गाभ्दा कर्मचारीको वृत्ति विकासमै ठूलो असर पुर्‍याउने उनीहरूको भनाई छ । उनीहरूले सहरी एजेण्डलाई छायामा पर्ने एवं भवन, आवास तथा सहरी विकासको क्षेत्रमा कार्यरत विल्डिङ्ग एन्ड आर्किटेक्ट उपसमूहका प्राविधिक कर्मचारीहरूको कार्यक्षेत्र र वृत्ति विकासमाथि पटक पटकको हस्तक्षेप बन्द गर्न पनि माग गरेका छन् ।

यसअघि उनीहरूले आफूहरूको मागका विषयमा सहरी विकास मन्त्री मेटमणि चौधरीलाई ध्यानाकर्षण पत्र बुझाएका थिए तर कहिबाट सकारात्मक जवाफ नआएकाले बाध्य भएर साङ्केतिक रूपमा विरोध गर्नुपरेको कर्मचारीहरूले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =