भनाई र गराईमा एकरूपता ल्याई अन्तर्विरोध हल गराैँ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रूपान्तरणको काम आफैँबाट सुरु गर्न पार्टीका नेताहरूलाई सुझाव दिएका छन् ।

रामवृक्ष यादवको २८ औँ स्मृति दिवसका अवसरमा माओवादी पार्टी कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा प्रचण्डले पार्टीलाई अघि बढाउन एक व्यक्ति मात्रै रूपान्तरण भएर नपुग्ने भन्दै रूपान्तरणको सुरुवात आफैँबाट गर्न पार्टीका नेताहरूलाई सुझाव दिएका हुन् ।

उनले नेताहरूले आफ्नो भनाई र गराईमा एकरूपता ल्याई अन्तर्विरोधलाई हल गर्नुपर्ने बताए । समाजवादीको विचारलाई विकसित गर्ने र समाजवादी क्रान्तिको नयाँ रणनीति बनाउनका लागि बाम आन्दोलनको पुन ध्रुवीकरण गर्ने मै जोड रहेको र विभिन्न कोणबाट छलफल भइरहेको उनले बताए ।

उनले अहिले पार्टी पंङ्गी आगामी निर्वाचनको तयारीमा लागेको भन्दै गठबन्धनभित्र पनि तीव्र रूपमा छलफल भइरहेको जानकारी दिए । प्रचण्डले विचारको विकास नगरीकन अबको दुनियाँमा समाजवादी क्रान्तिलाई अघि बढाउन नसकिने धारणा राखे । उनले विचारको संश्लेषण गरेर आगामी महाधिवेशन छिटै गर्ने पनि बताए ।

रामवृक्ष यादवको जनयुद्ध तयारीका क्रममा २०५१ भदौ २ गते धनुषामा हत्या भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =