मेयर साम्पाङ र बालेनबीच फेसबुकमा जुहारी

काठमाडौं। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच सामाजिक सञ्जालमा जुहारी चलेको छ । धरानका मेयर साम्पाङले काठमाडौंमा लामो समयदेखि थुप्रिएको फोहोर आफू आएपछि उठ्न शुरू भएको भन्दै सामाजिक सञ्जालमा लेखेका छन् ।

सोही फेसबुक स्ट्याटसमा काठमाडौं महानगरका मेयर बालेनले व्यङ्ग्य गर्दै आफूले लौरो चुनाव चिह्न लिएर जित्नुको पछाडि पनि साम्पाङकै भूमिका रहेको भन्दै व्यङ्ग्य गरेका छन् ।

उनीहरू दुवै जना गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट मेयर पदमा विजयी भएका हुन् । यसरी उनीहरुबीच जुहारी चलेपछि  सामाजिक सञ्जाल समेत तातिएको छ ।

मेयर साम्पाङले काठमाडौंको फोहोर उठ्न नसकेको विषयलाई लिएर लगातार फेसबुक स्ट्याटस अपडेट गरिरहेका छन् । थुप्रै सामाजिक सञ्जाल प्रयोगकर्ताले उक्त फेसबुक स्ट्याटस राखेर उनीहरुमाथि व्यङ्ग्य गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *