भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानद्वारा ज्येष्ठ नागरिकलाई माेबाइल वितरण

काठमाडौँ । भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानद्वारा सञ्चालित नागरिक आधारभूत शिक्षा तथा डिजिटल लिट्रेसि कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिकहरूलाई मोबाइल फोन वितरण गरिएको छ ।

ललितपुरको बुङमतिमा सञ्चालित नागरिक आधारभूत शिक्षा कार्यक्रममा सहभागी ज्येष्ठ नागरिकहरूलाई मोबाइल फोन हस्तान्तरण गरिएको हो । कार्यक्रममा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आजको युग भनेको डिजिटल युग भएकाले ज्येष्ठ नागरिकहरूलाई पनि सूचना प्रविधिको पहुँचमा पुराउनु सकारात्मक कुरा भएको बताए ।

खनालले आधारभूत शिक्षा कार्यक्रम प्रदानमा भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानले निकै सकारात्मक भूमिका खेलेको जिकिर गरे । भरतमोहन अधिकारीले अघि सारेका कार्यक्रमहरू निकै लोकप्रिय रहेकाले सदैव स्मरणीय रहेको उनको भनाई छ ।

प्रतिष्ठानका सदस्य लीमा अधिकारीले मोबाइल वितरण भएसँगै तीन महिना ज्येष्ठ नागरिकहरूलाई मोबाइल चलाउन सिकाउने बताए । ज्येष्ठ नागरिकहरूलाई आधारभूत शिक्षाका साथै मोबाइल चलाउन पनि सक्षम बनाइने उनको भनाई छ । उनले प्रतिष्ठान राजनीतिक भन्दा पनि सामाजिक कार्यमा सक्रिय हुँदै आएको बताए ।

त्यस्तै आधारभूत शिक्षा लिइरहेका ज्येष्ठ नागरिकहरूले आफूहरूले अक्षर पढ्न लेख्न सिकेको र निकै खुसी लागेको बताएका छन् ।

निरक्षरताका कारण विभिन्न अवसरबाट वञ्चित ज्येष्ठ नागरिकका लागि उपयोगी हुने उद्देश्यले शैक्षिक कार्यक्रम सञ्चालन गरिएको प्रतिष्ठानले जनाएको छ । कार्यक्रममा फाउन्डेसनकी अध्यक्ष सबिता अधिकारी, ललितपुरका वडा अध्यक्षहरू, बुङमतिका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *