माओवादी केन्द्र पार्टी पदाधिकारी चयनको निकट

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टी पदाधिकारी चयनको नजिक पुगेको जनाएको छ ।

पार्टी कार्यालय पेरिसडाडामा बुधवार बसेको माओवादी स्थायी कमिटी बैठकले पार्टी सङ्गठनको बारेमा छलफल गर्दै पदाधिकारी चयनको नजिक पुगेको प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए ।

उनले बिहीबार बस्ने स्थायी कमिटी बैठकले पदाधिकारी चयनको निर्णय गर्ने बताए । बैठकमा केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटीलाई पूर्णता दिने विषयमा छलफल भएको र बिहीवार नै अन्तिम टुङ्गो लाग्ने प्रवक्ता महराले जानकारी दिए ।

स्थायी कमिटी बैठक बिहीबार बिहान पुनः बस्ने माओवादीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *