झापाबाटै निर्वाचन लड्छु : विश्वप्रकाश शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गृह जिल्ला झापाबाट निर्वाचन लड्ने दोहोर्‍याएका छन् । काठमाडौँ -५ बाट चुनाव लड्ने चर्चा भइरहेका बेला महामन्त्री शर्माले यस्तो बताएका हुन् ।

शर्माले ट्वीटमार्फत गठबन्धनका अर्का मित्रलाई सम्मानका साथ साथमा लिएर सहकार्य गर्ने बताए । ‘काठमाडौँ -५ मा चुनाव प्रचारमा पुग्नेछु नै । तर उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मानसाथ साथमा लिएर, झापामै उम्मेदवार बन्नेछु । प्रेम उता घरजम यता कुरै हुन्न,’ उनले अगाडि भनेका छन् ।

अघिल्लो निर्वाचनमा उनी झापा क्षेत्र नम्बर १ बाट प्रतिस्पर्धा गरेका थिए । तर नेकपा माओवादी केन्द्रका राम कार्कीसँग पराजित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *