माओवादीको स्थायी कमिटीमा बाबुराम र वामदेवका शर्तबारे छलफल हुने

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा शुरू हुनेछ ।

बैठकमा आसन्न मंसिर ४ को संघीय र प्रदेशसभा निर्वाचनको तयारी, पदाधिकारी चयन, स्थायी कमिटीलाई पूर्णता दिनेबारे छलफल हुने भएको छ । साथै पार्टीकोको चुनाव चिन्ह लिएर निर्वाचनमा प्रतिष्पर्धा गर्ने नेपाल समाजवादी पार्टी र राष्ट्रिय एकता अभियानले राखेका शर्तहरुको बारेमा छलफल हुने बताइएको छ ।

मंगलबारको बैठकले बाबुराम भट्टराई र वामदेव गौतम नेतृत्वको पार्टीलाई आफ्नै चुनाव चिन्ह दिएर चुनावमा जान दिने निर्णय गरेको थियो । नेताहरुको अनुसार बैठकमा सत्ता गठबन्धनमा सिट बाँडफाँट देखिएको सकसका बारेमा पनि छलफल हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *