स्पेनिस युवा डिफेन्डर म्यानचेस्टर सिटीमा अनुबन्धित

काठमाडौँ । इंग्लिस क्लब म्यानचेस्टर सिटीले स्पेनिस युवा डिफेन्डर सर्जियो गोमेजलाई क्लबमा अनुबन्ध गरेको छ । सिटीले २१ वर्षीय युवा डिफेन्डर सर्जियोलाई बेल्जियन क्लब एन्डरलेक्टबाट ४ वर्षको लागि ११ मिलियन युरोमा क्लबमा आबद्ध गरेको हो ।

सर्जियो क्याटलान क्लब बार्सिलोनाको एकेडेमीमा हुर्किएका खेलाडी हुन् । उनले बार्सिलोनामा २०१० देखि २०१८ सम्म आफ्नो प्रतिभा निखारेका थिए । बार्सिलोनाको रिजर्भ टिममा रहिसकेका उनी २०१८ मा जर्मन क्लब बोरुसिया डर्टमुन्डमा पुगेका थिए ।

गोमेजले सिटीमा २१ नम्वरको जर्सी लगाउनेछन् । यो नम्वर यसअघि सिटीबाट चार प्रिमियर लिग र १० अन्य ट्रफी जित्दा स्पेनिस मिडफिल्डर डेभिड सिल्भाले लगाउँदै आएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *