महाभियोग सिफारिस समितिको पहिलो बैठक

काठमाडौँ । प्रतिनिधिसभा महाअभियोग सिफारिस समितिको पहिलो बैठक बस्दैछ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमा छानबिन गर्ने जिम्मेवारी पाएको समितिको बैठक  बिहान साढे ११ बजे बस्ने भएकाे हाे ।

कानुन, न्याय तथा मानव अधिकार समितिको सभाहलमा बस्ने बैठकमा सभापति चयन, कार्यविधिलगायतका विषयमा छलफल हुने सिफारिस समितिका सचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिए । २२ फागुनमा गठन भएको समितिमा रामबहादुर विष्ट, मीनबहादुर विश्वकर्मा, एकवाल मियाँ, कल्याणीकुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, यशोदा गुरुङ सुवेदी, रेखा शर्मा, लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल र डा शिवमाया तुम्बाहाङ्फे सदस्य छन् ।

प्रतिनिधिसभाले २२ साउनमा छानबिनका लागि महाअभियोग प्रस्ताव समितिमा पठाए पनि सदस्यहरूको व्यस्तताले नौ दिनसम्म बैठक बस्न सकेको थिएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *