बालेनलाई लिङ्देनको जवाफ- ‘राप्रपा फोहरमा राजनीति गर्ने फोहरी काम गर्दैन’

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले उपत्यकाको फोहोर व्यवस्थापनमा अवरोध गर्ने कार्यमा पार्टीका कार्यकर्ता संलग्न हुन नसक्ने स्पष्ट पारेका छन् । उनले फोहोर व्यवस्थापनमा अवरोध गर्न राप्रपाको पनि संलग्नता भएको भनेर काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले लगाएको आरोपमा जवाफ दिँदै आफ्नो पार्टीका कार्यकर्ता संलग्न नभएकाे स्पष्ट पारेका हुन् ।

जिम्मेवार स्थानबाट गलत प्रचार भएको उनको भनाइ छ । ‘काठमाडौंको फोहर व्यवस्थापनमा अवरोध गर्ने क्रममा राप्रपाको पनि संलग्नता भएको भन्ने समाचारको कडा खण्डन गर्न चाहान्छु । राप्रपा फोहोरमा राजनीति गर्ने जस्तो फोहोरी काम गर्दैन’, मंगलबार राति सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘फोहर बोकेका गाडीहरू अवरूद्ध गर्ने काममा राप्रपाको संलग्नता छैन र रहने छैन मात्र होईन यसप्रकारका गतिविधिमा कुनै कार्यकर्ता संलग्न भएमा त्यस्ता कार्यकर्तालाई कार्वाही समेत गर्नेछ । जिम्मेवार स्थानबाट गलत प्रचार हुनु उचित हैन ।’

यसअघि शाहले सोमबार फोहोर बञ्चरेडाँडामा लैजाने क्रममा सत्तारुढ दलहरुकै स्थानीय नेताहरुको अगुवाइमा सडक अवरुद्ध हुँदा विपक्षी दल एमाले र राप्रपाका स्थानीय नेताहरुले पनि साथ दिएको बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *