युवा संघ नेपालको पदाधिकारीको बैठक सम्पन्न, यस्तो छ निर्णय

काठमाडौँ । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालका पदाधिकारीको बैठक सम्पन्न भएको छ । संघको केन्द्रिय अध्यक्ष नरेश शाहीको अध्यक्षतामा भएको बैठकमा निर्वाचन केन्द्रित विभिन्न निर्णय गरेका छन् । ७७ जिल्ला कमिटीको पुनर्गठन, मेचीमहाकाली राष्ट्रिय अभियान, संगठन व्यवस्थापन लगायतको विषयमा छलफल गरिएको संघका सचिव नरेश गिरिले बताए ।

बैठकलाई नेकपा एस का उपमहासचिव एवम् मोर्चा प्रमुख डा.बिजय पौडेल, पोलिट्व्युरो सदस्य तथा युवा फाट इन्चार्ज दिलु पन्त र संगठन विभागका सचिव लक्षण केसिले सम्बोधन गरेका थिए

बैठकले संघको केन्द्रिय कार्यलय टिममा संघका उपमहासचिवद्रय सरिता श्रीस र अम्बिका पौडेललाई मनोनीत गरेको छ । यही भदौ २४ र २५ गते केन्द्रिय कमिटीको बैठक बोलाएको सचिव गिरिले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *