नेपाली कांग्रेसद्वारा दल दर्ताका लागि आयोगमा निवेदन

काठमाडौँ । मङ्सिर चार गते हुने सङ्घ र प्रदेशको निर्वाचनका लागि नेपाली काँग्रेसले दल दर्ताका लागि निवेदन दिएको छ ।

मङ्गलवार निर्वाचन आयोग पुगेर पार्टीका उपसभापति धनराज गुरुङ लगायतका नेताहरू दल दर्ताका लागि निवेदन दर्ता गराएका हुन् । निवेदनपछि काँग्रेस उपसभापति गुरुङले पार्टी अव निर्वाचनमा होमिएको बताए ।

त्यस्तै उनले पाँच दलीय गठबन्धनमा माओवादीभित्र एउटै चिन्ह लिने सहमतिमा कुनै असर नपर्ने बताए । उनले गठबन्धनमा तालमेलको छलफल जारी रहेकाले सिटको टुङ्गो नलागेको जिकिर गरे । उनले अहिलेको गठबन्धन कसैको घेराबन्दीका लागि नभएको बताए ।

त्यस्तै आगामी निर्वाचनमा एउटै चुनाव चिह्न प्रयोग गर्न नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी तथा नेकपा एकता अभियानले निर्वाचन आयोगमा निवेदन दिएका छन् । एउटै चुनाव चिह्न प्रयोग गर्न नेकपा माओवादी केन्द्र र माओवादी केन्द्रीय कार्यालयबाट शिव खकुरेल लगायतको टोली आयोग पुगेर एउटै चिह्न प्रयोग गर्ने सम्बन्धी निवेदन दिएका हुन् ।

यसैबिच निर्वाचन आयोगले ७६ वटा दलहरू आगामी निर्वाचनको प्रयोजनका लागि दल दर्ताका लागि निवेदन दिएको जानकारी दिएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दल दर्ताका लागि निवेदन दिएका दलहरूको बुधवारबाट रुजु सुरु हुने बताए ।

त्यस्तै उनले यस पटक दुई वा सो भन्दा बढी दलले एउटै निर्वाचन चिन्हबाट चुनाव लड्न केही दलले निवेदन दिएको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *