प्रतिनिधि सभा निर्वाचनका लागि माओवादी केन्द्रको ७१ नम्बरमा दल दर्ता
२०७९ साउन ३१ गते

काठमाडौँ । मंसिर ४ गते हुने निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले दल दर्ता भएको छ । माओवादीले प्रतिनिधि सभा चुनावको लागि ७१ नम्बरमा निर्वाचन आयोगमा आज दल दर्ता गरेको हो ।
मंगलबार ३१ साउन मा दिउँसो आयोग कार्यालय कान्तिपथमा पुगेर माओवादीका कार्यालय सदस्य शिव खकुरेल र नेपाल समाजवादी पार्टी (नेसपा) का फणिन्द्र देवकोटाले दल दर्ताका लागि निवेदन दिएका हुन्।
माओवादी र नेसपाको केन्द्रीय समितिको निर्णय, दुवै पार्टीका अध्यक्ष प्रचण्ड र बाबुराम भट्टराईको हस्ताक्षर सहित आयोगमा दल दर्ताका लागि निवेदन दिएका थिए ।
२०७९ साउन ३१ गते
प्रतिक्रिया
सम्बन्धित








