निर्वाचन प्रयाेजनका लागि विवेकशील साझा पार्टी आयाेगमा दर्ता
२०७९ साउन ३१ गते

काठमाडाैँ । आसन्न निर्वाचन प्रयाेजनका लागि विवेकशील साझा पार्टी निर्वाचन आयाेगमा दर्ता भएकाे छ । दल दर्ताका लागि मंगलबार नवनियुक्त अध्यक्ष समीक्षा बाँस्कोटा, संयोजक सञ्जीवबल्लभ भट्टराई, संस्थापक नेता प्रकाशचन्द्र परियार, कार्यालय व्यवस्थापन उपप्रमुख नवराज थापासहितका नेताहरू आयाेग पुगेका थिए ।
उनीहरूले दल दर्ता गरेका हुन् ।
आयाेगले आज साँझ ५ बजेसम्म निर्वाचन प्रयाेजनका लागि दल दर्ताकाे समयावधि ताेकेकाे छ ।
२०७९ साउन ३१ गते
प्रतिक्रिया
सम्बन्धित








