प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा दलहरुले रोजेकै चुनाव चिह्न पाउने
२०७९ साउन ३१ गते

काठमाडौँ । २०७४ को प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा दलहरुले रोजेकै चुनाव चिह्न पाउने भएका छन् । ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा खोजेकै चुनाव चिह्न दिन आयोग तयार भएको छ।
उसले दलहरुले मागेकै चुनाव चिह्न दिने निर्णय गरिसकेको छ। अर्थात् जुन चिह्न राखेर आयोगमा दल दर्ता गरिएको छ, त्यही दिन आयोग तयार भएको हो।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दल दर्ता गरेका राजनीतिक पार्टीलाई केही सुविधा व्यवस्था गरेको बताए। ‘राष्ट्रिय मान्यता प्राप्तबाहेक दलहरूलाई समेत सम्बन्धित चुनाव चिह्न दिन्छौँ,’ उनले भने,‘यही चुनावदेखि त्यो व्यवस्था कार्यान्वयन गछौँ।’
२०७९ साउन ३१ गते
प्रतिक्रिया
सम्बन्धित








