गठबन्धनकाे निर्णय- नागरिकता विधेयक पुन: प्रमाणीकरणका लागि पठाउने (भिडिओसहित)

काठमाडाैँ । पाँचदलीय गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरेकाे नागरिकता विधेयक पुन: प्रमाणीकरणका लागि पठाउने निर्णय गरेकाे छ ।

मंगलबार बसेकाे गठबन्धनकाे बैठकले यस्ताे निर्णय गरेकाे सञ्चारमन्त्रीसमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

‘राष्ट्रपतिज्यूलाई रहेकाे संवैधानिक अधिकारबमाेजिम नेपाल नागरिकता ऐन २०६३ लाई संशाेधन गर्न बनेकाे विधेयक फिर्ता आएकाेमा संविधानबमाेजिम संसद्ले पुन:विचार गरी प्रमाणीकरणका लागि पुन:पठाएमा प्रमाणीकरण गर्नैपर्ने संवैधानिक व्यवस्था भएबमाेजिम फिर्ता आएकाे उक्त विधेयकलाई संसद्‌मा तत्काल प्रक्रिया अगाडि बढाउने सहमति भएकाे छ,’ उनले भनेका छन् ।

यसअघि राष्ट्रपति भण्डारीले पुन:विचार गर्न भन्दै विधेयक फिर्ता गरेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *