कम्पाउण्ड गेटको ढोकामा च्यापिएर ५ वर्षीय बालिकाको मृत्यु

भक्तपुर । मध्यपुरठिमी नगरपालिका १ लोकन्थली रमाइलो चोकस्थित तिलक प्रसाद गौतमको घरको कम्पाउण्डमा रहेको फलामे गेट अचानक पल्टिँदा १ जनाकाे मृत्यु भएकाे छ ।

मृत्यु हुनेमा सोही घरमा पाहुना आएकी नुवाकोट बिदुर नगरपालिका ८ घर भई हाल भक्तपुर बोडे बस्ने गौतम अर्यालकी छोरी ५ वर्षीया श्रीसिजा अर्यालको सोमबार दिउँसो मृत्यु भएको हाे ।

उक्त गेटको ढोकाले किच्दा गम्भीर घाइते भएकी उनको मध्यपुर अस्पताल भक्तपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *