नागरिकता विधेयक फिर्ताबारे राष्ट्रपतिलाई विवादमा ल्याउनु हुन्न : एमाले
२०७९ साउन ३१ गते

काठमाडौँ । नेकपा एमालेले नागरिकता विधेयक फिर्ताबारे राष्ट्रपति विद्यादेवी भण्डारीलाई विवादमा नल्याउन आग्रह गरेको छ।
मंगलबार प्रतिनिधि सभामा बोल्दै सांसद विशाल भट्टराईले आफ्नो अधिकार प्रयोग गरेर राष्ट्रपति भण्डारीले पुनरविचारका लागि नागरिकता विधेयक संसदमा फिर्ता गरेको बताए।
राष्ट्रपति भण्डारीले काननुविदहरुसँग बृहत छलफल गरेर राष्ट्र हितका लागि सो विधेयक फिर्ता गरेको उनको भनाइ छ।
उनले भने, ‘नागरिकताजस्तो संवेदनशील विषयमा राजनीतिक दलहरु विभाजित हुनुहुँदैन। राजनीतिक दलहरुबीच सहमति कायम गरेर नागरिकतासम्बन्धी निर्णय गरौं।’
२०७९ साउन ३१ गते
प्रतिक्रिया
सम्बन्धित








