युभेन्ट्सको सानदार सुरुवात

काठमाडौँ । युभेन्टसले इटालियन सिरी ए मा शानदार शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा युभेन्टसले सास्सुओलोलाई ३-० गोल अन्तरले पराजित गर्दै नयाँ सिजनको शानदार शुरुवात गरेको हो ।

युभेन्टसको जितमा दुसान भ्लाहोभिकले दुई गोल गरेका थिए भने एन्जल डी मारियाले एक गोल गरेका थिए । मारियाले सिरी ए को डेभ्यु खेलमा नै गोल गरेर युभेन्टसमा उत्कृष्ट शुरुवात गरेका छन् । उनी यसै बर्ष पिएसजी छोडेर युभेन्टस गएका थिए ।

यो जितपछि युभेन्टसले महत्वपूर्ण ३ अंक जोडेको छ । युभेन्टसले अब अर्को खेल अगस्त २३ मा साम्पडोरियाविरुद्ध खेल्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *