थप ८ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

काठमाडौँ । नेपालमा थप ८ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर ३ हजार १ सय ५५ पिसिआर परिक्षण गर्दा ४ सय २७ जना र २ हजार ५ सय ८२ एन्टीजेन परिक्ष गर्दा ४ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ७९ जनाको मृत्यु भएको छ ।

त्यस्तै थप ४ सय ४६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ७६ हजार ८३ जना निको भइसकेका छन् । हाल नेपालमा ५ हजार ३ सय ८७ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =