बायर्नको लगातार दोस्रो जित

काठमाडाैँ । मिडफिल्डर थोमस मुलरले एक गोलसँगै एक असिस्ट दिएपछि जर्मन च्याम्पियन बायर्न म्युनिखले नयाँ सिजनको जर्मन बुन्डेसलिगामा लगातार दोस्रो जित दर्ता गरेको छ । घरेलु मैदानमा बायर्नले वल्फवर्गलाई २-० ले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो ।

यसअघि बायर्नले पहिलो खेलमा आइनट्राख्ट फ्रान्कफुर्टलाई पराजित गरेको थियो । बायर्नको सहज जितमा जमल मुसिएला र थोमस मुलरले गोल गरे ।यो जितसँगै बायर्न २ खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । समान ६ अंक नै रहेपनि बोरुसिया डर्टमुन्ड गोल अन्तरमा दोस्रो स्थानमा रहेको छ । पराजित वल्फवर्ग १ अंक जोडेर १५औं स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.