चेल्सी भर्सेस टोटेनहम : दुवै टिमका प्रशिक्षकले किन पाए रातो कार्ड ?

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सी र टोटेनहम बराबरीमा रोकिएका छन् । गएराती सम्पन्न खेलमा चेल्सीलाई टोटेनहमले २-२ गोलको बराबरीमा रोकेको हो ।

२-१ ले पछि परेको अवस्थामा टोटेनहमका ह्यारी केनले खेलको ९६औं मिनेटमा गोल गर्दै खेल बराबरी गरेर हारबाट बचाएका थिए । यसअघि चेल्सीका लागि कालीडोउ कोउलीबाली र रीच जेम्सले एक/एक गोल गरे भने टोटेनहमका लागि  स्पर्स होएबिएरले एक गोल गरेका थिए । यो बराबरीपछि टोटनह्याम र चेल्सी दुवैको २-२ खेलमा ४-४ अंक भएको छ ।

दुवै टिमका प्रशिक्षकलाई रातो कार्ड
चेल्सीको दोस्रो गोलपछि दुवै टोलीका प्रशिक्षकबीच टेक्निकल बक्समा भनाभन हुँदा तनावको स्थिति सिर्जना भएको थियो । रेफ्रीले दुवैलाई पहेंलो कार्ड पनि देखाए ।

७७ औं मिनेटमा चेल्सीले जेम्सको गोलमा अग्रता लियो । रहिम स्टर्लिङको पासमा जेम्सले पेनाल्टी क्षेत्र भित्रबाट शक्तिशाली प्रहारमा गोल गरे । चेल्सी जितनजिक पुगेको अवस्थामा इन्ज्युरी समयको अन्तिम मिनेटमा गोल गर्दै केनले स्पर्सलाई अंक दिलाए । इभान पेरिसिचको कर्नरमा केनको हेडर गोल भएको थियो ।

खेल सकिएपछि हात मिलाउने क्रममा दुई प्रशिक्षकबीच पुन: भनाभन हुँदा मैदानमा तनावपूर्ण स्थिति बनेको थियो । दुवै टोलीका खेलाडी र अफिसियल समेत भनाभनमा जोडीन पुगे । रेफ्रीले अन्त्यमा दुवै प्रशिक्षकलाई रातो कार्ड देखाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *