चेल्सीलाई रोक्यो टोटेनहमले

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सी र टोटेनहम बराबरीमा रोकिएका छन् । गएराती सम्पन्न खेलमा चेल्सीलाई टोटेनहमले २-२ गोलको बराबरीमा रोकेको हो ।

२-१ ले पछि परेको अवस्थामा टोटेनहमका ह्यारी केनले खेलको ९६औं मिनेटमा गोल गर्दै खेल बराबरी गरेर हारबाट बचाएका थिए । यसअघि चेल्सीका लागि कालीडोउ कोउलीबाली र रीच जेम्सले एक/एक गोल गरे भने टोटेनहमका लागि  स्पर्स होएबिएरले एक गोल गरेका थिए ।

यो बराबरीपछि टोटनह्याम र चेल्सी दुवैको २-२ खेलमा ४-४ अंक भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *