मापसे गरी स्कुल बस चलाउने ६ जना चालक कारबाहीमा
२०७९ साउन २९ गते

फाइल
काठमाडौँ । मादक पदार्थ सेवन (मापसे) गरी स्कुल बस चलाउने ६ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
आइतवार बिहान प्रहरीले चेकजाँच गर्दा मापसे गरी स्कुल बस चलाउने ६ जना चालकहरू कारबाहीमा परेका हुन् ।
उपत्यकाका विभिन्न स्थानमा गरेको चेकिङमा १४ वटा स्कुल बसका चालक कारबाहीमा परेका थिए । जसमध्ये ६ जनाले भने मापसे गरेको पाएको हो ।
कार्यालयले साउन ८ गतेदेखि स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लंघन गर्ने विभिन्न स्कुलका सवारी साधनहरूलाई कारबाही तथा सचेत गराउने अभियान थालेको थियो ।
२०७९ साउन २९ गते
प्रतिक्रिया
सम्बन्धित








