प्रचण्ड-बाबुरामबीच एउटै चिह्नबाट चुनाव लड्ने ‘सहमति’

काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईबीच एउटै चुनाव चिह्नबाट आसन्न प्रादेशिक र सङ्घीय निर्वाचन लड्ने ‘सहमति’ भएकाे छ । नेसपाका अर्का अध्यक्ष महेन्द्रराय यादवकाअनुसार आफूहरू माओवादी केन्द्रकाे चुनाव चिह्नबाट चुनाव लड्न तयार भएका हुन् ।

यसबारे आ-आफ्नो दलमा छलफल गरेर निर्णयमा पुग्ने सहमति भएको उनले बताएका छन् । ‘उहाँहरूकाे चुनाव चिह्न पुरानो छ, हाम्रो नयाँ छ, त्यसैले उहाँहरूकै चुनाव चिह्नमा जाने सम्भावना छ । हामी अब आ-आफ्नाे पार्टीमा छलफल गर्छाैँ र पुन: पक्का सहमति गर्छाैँ,’ उनले भनेका छन् ।

नेसपा नेताहरू आउँदाे निर्वाचनमा प्रदेश र संघमा आफूहरूकाे केही सिट निश्चित हुनुपर्ने पक्षमा छन् । त्यसका लागि भएपनि नेसपाले माओवादीकै चुनाव चिह्नबाट लड्न तयार रहेकाे बुझिएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =