आजै आधिकारिकरूपमा विवेकशील साझा पार्टीकाे अध्यक्ष बन्दैछु : समीक्षा बाँस्काेटा
२०७९ साउन २९ गते

काठमाडाैँ । विवेकशील साझा पार्टीमा समीक्षा बाँस्काेटालाई अध्यक्ष बनाउने सहमति जुटेकाे छ । अहिले ३ बजे पार्टीकाे केन्द्रीय समिति बैठक बस्दैछ । उक्त बैठकले बाँस्काटाेलाई अध्यक्ष बनाउने निर्णय गर्दैछ ।
यसबारे मकालुखबरले बाँस्काेटासँग जिज्ञासा राखेकाे थियाे । उनले भने, ‘३ बजे पार्टीकाे बैठक बस्दैछ । त्यस बैठकले आधिकारिकरूपमा निर्णय गर्ला र घाेषणा गर्ला । म केही छिनपछि आधिकारिक अध्यक्ष बन्दैछु ।’ पार्टीले संयाेजककाे रूपमा सञ्जीवबल्लभ भट्टराई संयाेजकलाई उभ्याएकाे छ ।
अध्यक्ष रवीन्द्र मिश्रले राजीनामा दिएपछि पार्टीकाे बैठकसमेत बस्न सकिरहेकाे थिएन । यसपछि बसेकाे बैठकले समीक्षालाई अध्यक्षकाे रूपमा अघि सार्ने भएकाे हाे ।
२०७९ साउन २९ गते
प्रतिक्रिया
सम्बन्धित








