विवेकशील साझा पार्टीमा जुट्याे सहमति : अध्यक्षमा समीक्षा बाँस्काेटा, सञ्जीवबल्लभ भट्टराई संयाेजक

काठमाडाैँ । विवेकशील साझा पार्टीकाे नयाँ नेतृत्वबारे सहमति जुटेको छ । अध्यक्ष रवीन्द्र मिश्रले राजीनामा दिएपछि भद्रगाेल अवस्थामा रहेकाे पार्टीकाे अध्यक्ष र  संयोजकको नाममा सहमति जुटेको हो । सूत्रकाअनुसार अध्यक्षमा समीक्षा बाँस्काेटा रहने भएकी छन् भने संयाेजकमा सञ्जीवबल्लभ भट्टराई बन्ने छन् ।

आजै दिउँसाे ३ बजे पार्टीको बैठक बस्दैछ । उक्त बैठकले बाँस्काेटालाई अध्यक्ष घाेषणा गर्ने एक नेताले जानकारी दिए ।

बाग्मती प्रदेशको संयोजक रहेकी बाँस्कोटा ३० वैशाखको स्थानीय तह निर्वाचनमा काठमाडाैँ महानगरपालिकाको मेयरमा उम्मेदवार बनेकी थिइन् । बाँस्कोटा, निवर्तमान अध्यक्ष मिश्र पक्षका हुन् भने भट्टराई भने निर्देश सिलवालनिकट हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =