नागरिकता विधेयक प्रमाणीकरणमा ढिलाइ भएकाे भन्दै सांसदहरूले जनाए आपत्ति

काठमाडौँ । सांसदहरूले नागरिकता विधेयक प्रमाणीकरणमा ढिलाइ भएको भन्दै आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको आइतबारको विशेष समयमा उनीहरूले कुनै पनि बहानामा नागरिकता विधेयकमा प्रमाणीकरणमा ढिलाइ गर्न नहुने समेत बताएका छन् ।

बैठकमा सांसद लीलादेवी सिटौलाले राष्ट्रपतिजस्तो गरिमामय पदमा बसेका व्यक्तिले सरकारले पठाएको विधेयक प्रमाणीकरण गर्न ढिलाइ गर्न नहुने बताए । उनले धेरै नागरिक नागरिकताविहीन भएर आत्महत्या समेत गर्न बाध्य हुने अवस्था आएपनि शीर्ष नेताहरू गम्भीर हुन नसकेको धारणा राखे ।

त्यस्तै बैठकमा सांसद सरिता कुमारी गिरीले अविलम्ब नागरिकता विधेयक प्रमाणीकरण गर्न माग गरे । उनले नागरिकता नपाउँदा हजारौँ युवाहरू अलपत्र परेको अस्थानमा नागरिकता विधेयक प्रमाणीकरण गर्न ढिलाइ गर्न नहुने बताए ।

नागरिकता विधेयक सांसदबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पुगेको करिब दुई साता हुँदा पनि प्रमाणीकरण भएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =