‘ब्लेमिङ्ग गेम बन्द गराैँ’
२०७९ साउन २९ गते

राजन भट्टराई। फाइल फोटो।
काठमाडाैँ । नेकपा एमालेका नेता राजन भट्टराईले सङ्घीय राजधानी काठमाडाैँकाे फाेहाेर व्यवस्थापनमा राज्यका सबै अङ्गहरू परिचालन गर्नुपर्ने बताएका छन् । उनले प्रश्न गरेका छन्, ‘के राज्यका अङ्गहरू यति गम्भीर विषयमा यति संवेदनहीन बन्न मिल्ला ?’
यसले देशभित्र मात्र नभएर बाहिरसमेत राम्राे सन्देश नगएकाे उनले बताएका छन्, उनी थप्छन्— ‘ख्याल गरौँ । यसले राम्राे सन्देश गएन ।’ त्यसअघि उनले भनेका छन्, ‘राजधानीको फोहोर व्यवस्थापनमा राज्यका आवश्यक सबै अङ्गहरू परिचालन गरिनुपर्याे र यो दूर्दशालाई अन्त्य गरिनुपर्याे ।’
२०७९ साउन २९ गते
प्रतिक्रिया
सम्बन्धित








