मसँग उपचार गर्ने पनि पैसा छैन : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूसँग उपचार गर्ने पैसासमेत नभएको बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

आफ्नो र श्रीमतीको नाममा रहेको घर र जग्गा दान गरिसकेको बताउँदै उनले उपचार गर्ने पैसासमेत नभएको बताएका हुन् । ‘मेरो र श्रीमतीको नाममा रहेको सम्पत्ति राज्यको भइसक्यो । तपाईँहरूले उपचार गर्दिनु भयो भने हुन्छ,’ उनले भने, ‘मैले मेरो घरजग्गा बेच्न पनि पाउँदैन । किनभने दान गरिसकेको छु ।’

साथै उनले आफूभन्दा ज्येष्ठ नागरिकका कुरा पनि सुन्न युवाहरूलाई आग्रह गरे । ‘यो बुढो प्रोफेसर, यसकै कुरा मात्र किन सुन्ने भन्नुभयो गलत हुन्छ’ उनले भने ।

युवाहरूमा नयाँ जोस, जाँगर, कार्यशैली ज्येष्ठ नागरिकको तुलनामा बढी हुने भए पनि ज्येष्ठ नागरिकको पनि कुरा सुन्नुपर्ने र उनीहरूको योगदान भुल्न नहुने बताए । बालबालिका देशको भविष्यका कर्णधार भएको र युवाहरू आजका कर्णधार भएको अध्यक्ष ओलीको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + six =