लेस्टरमाथि आर्सनलको जित, जिससले गरे दुई गोल

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले लेस्टर सिटीलाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा आर्सनलले लेस्टर सिटीलाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलको जितमा गाब्रियल जिससले २ गोल गरे भने ग्रान्ट जाखा र गाब्रियल मार्टिनेलीले एक एक गोल गरेका थिए । त्यस्तै लेस्टरका लागि जेम्स माडिसनले एक गोल गरे भने एक गोल आर्सनलका विलियम सालिबाले आत्मघाती गोल गरेका थिए ।

यो जितपछि आर्सनलले यस सिजनमा लगातार दोस्रो जित हासिल गर्दै उत्कृष्ट शुरुवात गरेको छ । आर्सनलको २ खेलमा ६ अंक रहेको छ भने समान अंक रहेको म्यानचेस्टर सिटिसँग गोल अन्तरमा पछि पर्दै दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *