बार्सिलोना बराबरीमा रोकियो

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले औसत शुरुवात गरेको छ । गएराती सम्पन्न लिगको पहिलो खेलमा बार्सिलोना रायो भल्लेकानोसँग गोलरहित बराबरी खेल्दै नयाँ सिजनको औसत शुरुवात गरेको हो ।

खेलको निर्धारित ९० मिनेटमा दुवै टिमबाट कुनै गोल नभएपछि खेल बराबरीमा सकिएको हो । यो बराबरीपछि बार्सिलोना र रायो भल्लेकानोले एक एक अंक बाडेका छन् । बार्सिलोनाले ला लिगामा अब अर्को खेल अगस्त २२ मा रियल सोसिएडाडसँग खेल्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *