इङलिश प्रिमियर लिग

म्यानचेस्टर युनाइटेड ब्रेन्टफर्डसँग ४-०ले पराजित, अंक तालिकाको पुछारमा

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले लज्जास्पद हार बेहोरेको छ । गएराती सम्पन्न खेलमा ब्रेन्टफर्डले म्यानचेस्टर युनाइटेडलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

ब्रेन्टफर्डले खेलको पहिलो हाफमा नै युनाइटेडमाथि ४-० को अग्रता हासिल गरेको थियो । ब्रेन्टफर्डको जितमा जोश डासिल्भा, माथिआस जेनसेन, बेन मी र ब्रायन एम्बेउमोले एक/एक गोल गरेका थिए ।

पहिलो खेल लेस्टर सिटीसँग बराबरी खेलको ब्रेन्टफर्डले दोस्रो खेलमा शानदार जित निकालेको छ । त्यसै म्यानचेस्टर युनाइटेडले भने सिजनमा लगातार दोस्रो हार बेहोर्दै सिजनमा खराब शुरुवात गरेको छ ।

युनाइटेड दुवै खेलमा हार बेहोरेपछि कुनै अंक नजोडी पुछारमा छ । ब्रेन्टफर्ड भने ३ खेलमा ४ अंकसाथी तेस्रो स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *