बालेनले निहारिकालाई भेटेपछि सामाजिक सञ्जालमा लेखे : ‘अभिभावक भनिने राज्य यस्तो हुँदैन’

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले निहारिका राजपूतलाई भेटेका छन् । न्याय माग गर्दै आमरण अनशनमा रहेकी निहारिका लाई मेयर बालेन्द्रले भेटेका हुन् । आज टिचिङ अस्पताल पुगेर साहले निहारिकालाई भेटेको बताइएको छ ।

भेटको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्दै बालेनले बच्चाको डीएनए टेस्ट गर्ने सामान्य माग पूरा नभएकोमा दुख प्रकट गरेका छन् ।

उनले लेखेका छन्, ‘आफ्नो बच्चाको डिएनए टेस्ट गरिदे मात्रै त भनेको रै’छ । यति गर्न एउटी आमाले जल्न तयार हुनु पर्ने यो अति हो । यो अत्याचार हो । कानूनी राज्य यस्तो हुँदैन । अभिभावक भनिने राज्य यस्तो हुनु हुँदैन ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *