नेपाली कांग्रेसको दल दर्ता मुख्य सचिव पौडेले गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले प्रादेशिक र संघीय निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ताको जिम्मेवारी मुख्य सचिव कृष्णप्रसाद पौडेललाई दिएको छ।

मुख्य सचिवले प्रक्रिया पुर्याएर दल दर्ताका लागि निर्वाचन आयोगमा कागजात लैजाने निर्णय भएको नेपाली कांग्रेसले जनाएको छ । यसका साथै कार्यसम्पादन समिति सदस्य अर्जुननरसिंह केसीले दल दर्ताको निर्णयबाहेक बैठक कुनै नयाँ विषयमा प्रवेश नभएको जानकारी दिए।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले दल दर्ताको जिम्मेवारी मुख्य सचिव पौडेललाई जिम्मेवारी दिने निर्णय गरेको हो।

बैठकमा सहभागी सहमहामन्त्री जीवन परियारले निर्वाचन प्रयोजनका लागि दल दर्ताको जिम्मेवारी मुख्य सचिव पौडेललाई दिने निर्णय गरिएको जानकारी दिए।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *