माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी, के छ छलफलको एजेण्डा ?
२०७९ साउन २८ गते

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा जारी छ । सत्तारुढ दल माओवादी केन्द्रको स्थायी कमिटी बैठक बिहान ९ बजेदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक जारी रहेको बताइएको छ ।
आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँटका विषय छलफलको एजेण्डा रहेको स्रोतले बताएको छ। सत्तारुढ गठबन्धनले बनाएको कार्यदलमा आएका विषयहरुको जानकारी अध्यक्ष प्रचण्डलाई दिनेगरी आजको बैठक अयोजना भएको हो।
२०७९ साउन २८ गते
प्रतिक्रिया
सम्बन्धित








