उद्घाटन खेलमा ओसासुनाले सेभियालाई हरायो

काठमाडौं । स्पेनिस ला लिगा फुटबल २०२२/२३ को उद्घाटन खेलमा बलियो मानिएको सेभिया ओसासुनासँग २-१ अन्तरले पराजित भएको छ ।

घरेलु टोली ओसासुनाको जितमा इजिक्वेल एभिला र एइमज ओरोजले समान एक एक गोल गरे । सेभियाका राफा मिरले सान्त्वना गोल फर्काए ।

जितसँगै ओसासुनाले महत्त्वपूर्ण तीन अंक जोडेको छ । यता, हारसँगै सेभियाको उपाधी यात्रामा धक्का लागेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *